Home 11 September 19, 2026 0 लोकसेवा लक्ष्य — अभ्यास क्विजSET A · ५० महत्वपूर्ण बहुविकल्पीय प्रश्न · प्रत्येक प्रश्न २ अंक 0/50उत्तर दिइएको 0सम्भावित अंक 100पूर्णाङ्क SET A · प्रश्न 1–10 1क्यास्पियन सागरलाई कुनले सही व्याख्या गर्छ? A. ताजा पानीको ताल B. महासागरसँग जोडिएको समुद्र C. विश्वको सबैभन्दा ठूलो भित्री पानी भएको ताल D. सबैभन्दा ठूलो नुनिलो पानीको ताल 2रकिज पर्वतश्रृंखला कुन महादेशमा पर्छ? A. उत्तर अमेरिका B. युरोप C. दक्षिण अमेरिका D. अफ्रिका 3नेपालको भौगोलिकतासँग सम्बन्धित सही कथन कुन हो? A. गोसाइँकुण्डलाई शिलुतीर्थ पनि भनिन्छ। B. मेची नदीलाई बिहारको दुःख भनिन्छ। C. नेपालको पूर्व–पश्चिम लम्बाइ १९३ किमी हो। D. अन्नपूर्ण हिमाल ८,२०१ मिटर अग्लो छ। 4एजेन्डा–२१ केसँग सम्बन्धित छ? A. पूर्वाधार B. वातावरण C. सामाजिक विकास D. मानव विकास 5SDGs को पाँचौँ लक्ष्य कुन हो? A. भोकमरीको अन्त्य B. स्वच्छ खानेपानी C. गुणस्तरीय शिक्षा D. लैङ्गिक समानता 6प्रथम विश्वयुद्धको अन्त्य कुन सन्धिबाट भयो? A. Treaty of Versailles B. Kyoto Treaty C. Geneva Conference D. Peace Treaties 7राजा पृथ्वीनारायण शाहले मकवानपुर कहिले जिते? A. वि.सं. १८१८ माघ १ B. वि.सं. १८१९ भदौ ९ C. वि.सं. १८१९ फागुन २९ D. वि.सं. १८२० जेठ ५ 8त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन्? A. हिमालयशमशेर जबरा B. सुवर्णशमशेर C. अनिरुद्धप्रसाद सिंह D. भीमसेन थापा 9सिरुवा पर्व कुन समुदायले मनाउँछ? A. राई B. शेर्पा C. नेवार D. राजवंशी 10वि.सं. २०८१ को मदन पुरस्कार कुन कृतिलाई प्रदान गरियो? A. ऐंठन B. सेतो धरती C. उरमाल D. मुकाम रणमैदान SET A · प्रश्न 11–20 11आर्थिक सर्वेक्षण 2081/82 अनुसार आर्थिक वर्ष 2080/81 मा नेपालको GDP मा उद्योग क्षेत्रको योगदान कति थियो? A. 11.25% B. 12.26% C. 12.83% D. 12.91% 12चालु खाताको सकारात्मक सन्तुलनले के जनाउँछ? A. आयात निर्यातभन्दा बढी B. निर्यात तथा अन्य आय आयातभन्दा बढी C. राजस्व खर्चभन्दा बढी D. मुद्रास्फीति घटेको 13साक्षर प्रदेश सम्बन्धी सही विकल्प कुन हो? A. i मात्र सही B. i र ii सही C. i र iii सही D. ii मात्र सही 14सबैभन्दा पछि स्थापना भएको सार्वजनिक संस्थान कुन हो? A. CDS & Clearing Ltd. B. राष्ट्रिय प्रसारण ग्रिड कम्पनी C. नेपाल वन निगम D. नेपाल स्टक एक्सचेञ्ज 15नेपालको पन्ध्रौँ योजनाको कुल लगानी अनुमान कति थियो? A. रु. 7525 अर्ब B. रु. 8726 अर्ब C. रु. 9229 अर्ब D. रु. 9735 अर्ब 16राज्यमा कानूनको आवश्यकतासँग नमिल्ने विकल्प कुन हो? A. नागरिकबीच समान व्यवहार B. शासकको असीमित अधिकार संरक्षण C. नागरिक अधिकार संरक्षण D. अधिकारको सीमा निर्धारण 17नेपाल अधिराज्यको संविधान 2047 मा कति मौलिक हक थिए? A. 31 B. 21 C. 18 D. 13 18संविधानको अनुसूची–१ मा के छ? A. राष्ट्रिय झण्डा B. राष्ट्रिय गान C. जिल्लाको सूची D. निशान छाप 19संविधान अनुसार वैदेशिक ऋण लिने अधिकार कसलाई छ? A. प्रदेश B. स्थानीय तह C. संघ र स्थानीय तह D. संघ 20मानव अधिकारको विश्वव्यापी घोषणापत्र (1948) मा कति धारा छन्? A. 24 B. 30 C. 32 D. 48 SET A · प्रश्न 21–30 21नेपालले सर्वप्रथम कूटनीतिक सम्बन्ध कायम गरेका मुलुकहरूको सही क्रम कुन हो? A. बेलायत, अमेरिका, भारत, फ्रान्स B. अमेरिका, भारत, बेलायत, फ्रान्स C. भारत, बेलायत, अमेरिका, फ्रान्स D. बेलायत, भारत, अमेरिका, फ्रान्स 22संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर कहिले गरिएको थियो? A. 25 April 1945 B. 26 June 1945 C. 26 July 1945 D. 24 October 1945 23SAARC Arbitration Council को मुख्यालय कहाँ छ? A. नयाँ दिल्ली B. कोलम्बो C. थिम्पु D. इस्लामाबाद 24एसियाली विकास बैंकका प्रमुख शेयर साझेदार मुलुकहरू कुन हुन्? A. चीन र जापान B. जापान र अमेरिका C. अमेरिका र अष्ट्रेलिया D. चीन र अष्ट्रेलिया 25ASEAN को संस्थापक सदस्य नभएको राष्ट्र कुन हो? A. थाइल्याण्ड B. इण्डोनेसिया C. कम्बोडिया D. मलेसिया 26१ अश्वशक्ति (Horsepower) बराबर कति वाट हुन्छ? A. 736 B. 746 C. 756 D. 766 27टेलिफोनको आविष्कार कसले गरेका हुन्? A. Alexander Graham Bell B. Elisha Gray C. Guglielmo Marconi D. Thomas A. Edison 28RAM को मुख्य कार्य के हो? A. स्थायी डेटा भण्डारण B. डेटा प्रशोधन C. अस्थायी डेटा भण्डारण D. ग्राफिक्स प्रशोधन 29भिटामिन A को कमीले कुन रोग लाग्छ? A. स्कर्भी B. कमजोर दृष्टि र अन्धोपन C. रक्तअल्पता D. गाँड 30नेपाल कबड्डी लिग 2025 को विजेता टोली कुन हो? A. Kathmandu Mavericks B. Biratnagar Bandits C. Janakpur Knights D. Dhangadhi Wildcats SET A · प्रश्न 31–40 31तलका मध्ये कुन कार्य नेपाल राष्ट्र बैंकको होइन? A. नोट निष्काशन गर्नु B. मौद्रिक नीति तर्जुमा गर्नु C. ठूला व्यापारिक फर्मलाई ऋण प्रदान गर्नु D. वाणिज्य बैंकहरूको सुपरिवेक्षण गर्नु 32नेपाल धितोपत्र बोर्ड (SEBON) को स्थापना कहिले भएको हो? A. वि.सं. 2050 वैशाख 15 B. वि.सं. 2050 जेठ 25 C. वि.सं. 2055 वैशाख 15 D. वि.सं. 2056 जेठ 25 33नेपालका सबै सरकारी खाताहरूको अन्तिम लेखापरीक्षण गर्ने निकाय कुन हो? A. अर्थ मन्त्रालय B. महालेखा नियन्त्रक कार्यालय C. सार्वजनिक लेखा समिति D. महालेखापरीक्षकको कार्यालय 34सार्वजनिक संस्थानका कर्मचारी छनोट लोक सेवा आयोगबाट हुने व्यवस्था संविधानको कुन धारामा छ? A. धारा 235 B. धारा 239 C. धारा 240 D. धारा 243 35व्यवस्थापन करारअन्तर्गत सञ्चालनमा रहेको सार्वजनिक संस्थान कुन हो? A. हेटौंडा कपडा उद्योग B. कृषि औजार कारखाना लि. C. नेपाल ड्रिलिङ कम्पनी D. नेपाल यातायात संस्थान 36नेपालको अर्थतन्त्रमा सार्वजनिक संस्थानको भूमिका कुन होइन? A. आर्थिक तथा पूर्वाधार विकास B. आधारभूत सेवा र बजार नियमन C. प्रविधिको विकास र नवप्रवर्तन D. सामाजिक विकास र संकट व्यवस्थापन 37संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को क्षेत्र नभएको विकल्प कुन हो? A. वातावरण संरक्षण B. सामुदायिक विकास C. शिक्षामा योगदान D. कर छली 38नेपालमा औद्योगिक क्षेत्रअन्तर्गत कति सार्वजनिक संस्थान रहेका छन्? A. 8 B. 9 C. 10 D. 11 39नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड कुन क्षेत्रअन्तर्गत वर्गीकृत छ? A. औद्योगिक B. सामाजिक C. सेवा D. जनोपयोगी 40नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो? A. विराटनगर जुट मिल B. रघुपति जुट मिल C. नेपाल बैंक लिमिटेड D. नेपाल वायुसेवा निगम SET A · प्रश्न 41–50 41कार्यालय व्यवस्थापनका प्रमुख उद्देश्यहरू कुन हुन्? A. i, iii र iv मात्र B. i र iv मात्र C. i मात्र D. iv मात्र 42विद्युतीय शासन (e-Governance) को फाइदा नभएको विकल्प कुन हो? A. पारदर्शिता बढ्नु B. सेवा छिटो हुनु C. नागरिक सहभागिता कम हुनु D. सेवा खर्च कम हुनु 43सार्वजनिक बडापत्रको मुख्य फाइदा के हो? A. सेवा कहाँबाट लिने भन्ने जानकारी B. कर्मचारीबीच सञ्चार C. आर्थिक सुविधा D. संगठन–कर्मचारी सम्बन्ध 44कार्यालय कार्यविधि किन आवश्यक हुन्छ? A. एकरूपता, दक्षता र जवाफदेहिता B. प्रक्रियामुखी बनाउन C. कानून पालना मात्र D. समूह कार्य टार्न 45सही प्रक्रियागत क्रम कुन हो? A. टिप्पणी → तोकादेश → निर्णय → दर्ता B. दर्ता → टिप्पणी → तोकादेश → निर्णय C. तोकादेश → टिप्पणी → दर्ता → निर्णय D. दर्ता → तोकादेश → टिप्पणी → निर्णय 46A र B ले १२ दिनमा काम गर्छन्। A ले २० दिनमा गर्छ भने B ले कति दिनमा गर्छ? A. 15 B. 18 C. 24 D. 30 47२५% छुट र त्यसपछि ८% Cashback भए प्रभावकारी छुट कति हुन्छ? A. 30.5% B. 31% C. 33.5% D. 35% 48२ वर्ष ३ महिना र ३ वर्ष ९ महिनाको साधारण ब्याजको अनुपात कति हुन्छ? A. 2:3 B. 2:5 C. 3:4 D. 3:5 49डाइसमा ३ र सिक्कामा टाउको पर्ने सम्भाव्यता कति हुन्छ? A. 1/6 B. 1/8 C. 1/10 D. 1/12 50Mean = 24, N = 10, Σfx = 200 + a भए a कति? A. 30 B. 35 C. 40 D. 45 ✓ सबै उत्तर जाँच गर्नुहोस् ↻ फेरि सुरु गर्नुहोस् तपाईंको अन्तिम स्कोर 0/100 Facebook Twitter