निम्नमाध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा सामान्य परीक्षा-२०८२

 

शिक्षक सेवा आयोग

निम्नमाध्यमिक तह (तृतीय श्रेणी) शिक्षक पदको खुला प्रतियोगितात्मक

परीक्षा सामान्य परीक्षा-२०८२

तह : निम्नमाध्यमिक      सेट: B  

पूर्णाङक : १००            समय : १ घण्टा

उत्तीर्णाङ्कः ५०            वस्तुगत पत्र


१. एकीकृत पाठ्यक्रमको मूलध्येय तलकामध्ये कुन हो ?

A. विषय अलग, शिक्षण सिकाइ र मूल्याङ्कन एकीकृत

B. विषय र शिक्षण सिकाइ, एकीकृत मूल्याङ्कन अलग

C. विषय एकीकृत, शिक्षण सिकाइ र मूल्याङ्कन अलग अलग

D. विषय, शिक्षण सिकाइ र मूल्याङकन एकीकृत


उत्तर:- C. विषय एकीकृत, शिक्षण सिकाइ र मूल्याङ्कन अलग अलग


२. व्यक्तिगत अनुभव, पाठ्यकमको समग्रता र शिक्षणसित सम्बन्धित William Pinar कोर्य ढाँचालाई के भनिन्छ ?

A. Currere

B. Curriculum

C. Connectivism

D. Emancipation


उत्तर:- A. Currere


३. विश्को सवैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?

A. स्वीट्जरल्याण्ड

B. इथियोपिया

C. काजकिस्तान

D. अफगानिस्तान


उत्तर:- C. काजकिस्तान


४. कसैले कुनै विदेशी शिक्षण संस्थासँग सम्बन्धन प्राप्त गरी विद्यालय खोल्न चाहेमा कुन निकायमा निवेदन पेस गर्नु पर्दछ ? 

A. शिक्षा विकास तथा समन्वय इकाइ

B. प्रदेशमा शिक्षा हेर्ने मन्त्रालय

C. सम्बन्धित देशमा रहेको नेपाली राजदुतावास

D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

www.rameshprasadkoirala.com.np

उत्तर:- D. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय


५. नवप्रवेशी शिक्षकका लागि प्रदान गरिने तालिमको पाठ्यक्रमको स्वीकृति कसले गर्छ?

A. शिक्षक सेवा आयोग

B. शैक्षिक जनशक्ति विकास परिषद्

C. प्रदेश स्थित शिक्षा तालिम केन्द्र

D. शिक्षा तथा मानव स्रोत विकास केन्द्र


उत्तर:- D. शिक्षा तथा मानव स्रोत विकास केन्द्र


६. कुनै विद्यालयको निम्नमाध्यमिक तहको कक्षा ६-८ पढाउन भाषा, गणित / विज्ञान र सामाजिक विषयसँग सम्बन्धित तीनजना शिक्षक रहेका छन् भने उक्त विद्यालयमा कस्तो शिक्षण गर्न उपयुक्त हुन्छ ?

A. मिश्रित शिक्षण

B. विषय शिक्षण

C. बहुकक्षा शिक्षण

D. कक्षा शिक्षण


उत्तर= B. विषय शिक्षण


७. तलकामध्ये कुन गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत पर्दछ ?

A. शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारिस गर्ने

B. विद्यालयका लागि थप पाठ्यपुस्तकको सूची स्वीकृत गर्ने

C. विद्यालयको नामकरण गर्ने

D. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन गर्ने ।


उत्तर= C. विद्यालयको नामकरण गर्ने

www.rameshprasadkoirala.com.np

८. अरूभन्दा फरक शब्द कुन हो ?

A. Cheese

B. Butter

C. Curd

D. Oil


उत्तर:- D. Oil


९. New Development Bank को संस्थापक संस्था कुन हो ?

A. BIMSTEC (विम्स्टेक)

B. ANZUS (एनजुस)

C. BRICS (ब्रिक्स)

D.ASEAN (आसियान)


उत्तर:- C. BRICS (ब्रिक्स)


१०. Portfolio Assessment के सँग सम्बन्धित छ?

A. कक्षाकोठाको परीक्षा

B. अन्तिम मूल्याडकन

C. आवधिक परीक्षा

D. निरन्तर मूल्याङ्कन प्रणाली


उत्तर:- D. निरन्तर मूल्याङ्कन प्रणाली


११. आधारभूत तहको अन्तमा हुने कक्षा ८ उत्तीर्ण परीक्षामा विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्नको लागि लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले उपलब्धिलाई कति तहमा वाँडेको छ ?

A. ६ तह

B. ५ तह

C. ९ तह

D. १० तह


उत्तर:- B. ५ तह


१२. "सिन्को नभाच्नु" भन्ने वाक्यांशको अर्थ के हो ?

A. काम नगर्नु

B. आराम गर्नु

C. कुरा काट्नु

D. काम गर्नु


उत्तर:- A. काम नगर्नु


१३. तल दिइएकामध्ये कुन मल्टीमिडियामा आधारित सामग्री हुन् ?

A. मुद्रित पाठ्यपुस्तकहरू

B. पेन ड्राईभमा सेयर गर्न मिल्ने सामग्रीहरू

C. भिडियो, एनिमेसन र अन्तर्कियात्मक प्रस्तुतिहरू

D. कलम र पेन्सिलवाट तयार सामग्रीहरू


उत्तर:- C. भिडियो, एनिमेसन र अन्तर्कियात्मक प्रस्तुतिहरू

www.rameshprasadkoirala.com.np

१४. तल दिइएको प्रत्न उल्लिखित शब्द श्रृडखलामा आधारित भै समाधान गर्नुहोस् ।

PET, GAT, EAR, ONE, CUB


यदि व्यज्जनवाट सुरू हुने शब्दको अन्त्यमा E र स्वरवाट सुरू हुने शब्दको सुरुमा B थपियो भने कतिवटा अर्थपूर्ण अङ्ग्रेजी शब्दहरू वन्न सक्छन् ?

A. ५ वटा

B. ४ वटा

C. ३ वटा

D. २ वटा


उत्तर:- B. ४ वटा


१५. राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको सङ्ख्या कति रहेको छ?

A. ९५ दशमलव ५९

B. ९६ दशमलव १६

C. ९६ दशमलव ५९

D. ९४ दशमलव १६


उत्तर:- A. ९५ दशमलव ५९


१६. भूमध्यरेखादेखि उत्तर वा दक्षिणको कोणिक दुरीलाई के भनिन्छ ?

A. देशान्तर

B. प्रधान मध्यान्ह रेखा

C. अन्तर्राष्ट्रिय तिथि रेखा

D. अक्षांश


उत्तर:- D. अक्षांश


१७. सन् २०२४ मा कृत्रिम बौद्धिकता (AI) लाई आधार बनाई कुन देशका वैज्ञानिकहरूले 'Ameca' नामको रोबोट निर्माण गरेका थिए ?

A. बेलायत

B. चीन

C. अमेरिका

D. जापान

www.rameshprasadkoirala.com.np

उत्तर:- A. बेलायत


१८. Which of the following is a type of malware?

A. Browser

B. Firewall

C. Computer hardware

D. Trojan Horse


उत्तर:- D. Trojan Horse


१९. शिक्षण सिकाइमा पुनर्बल (Reinforcement) किन प्रयोग गरिन्छ?

A. सकारात्मक व्यवहार प्रदर्शन गर्न र सिकाइका लागि उत्प्रेरित गर्न,

B. कक्षाकोठाको वातावरण सुमधुर बनाउन,

C. सबै विद्यार्थीहरूलाई शान्त वातावरणमा रहने व्यवस्था गर्न,

D. अपेक्षित नतिजा प्राप्त गर्न।


उत्तर:- D. अपेक्षित नतिजा प्राप्त गर्न।


२०. विद्यार्थीले गणित विषयमा सिकेका जोड, घटाउसम्वन्धी गणितीय सिपलाई विज्ञान विषयको अध्ययनमा प्रयोग गर्न सकने अवस्था सिकाइको कस्तो प्रकारको स्थानान्तरण हो ?

A. लम्बीय स्थानान्तरण (Vertical Transfer)

B. समतलीय स्थानान्तरण (Horizontal Transfer)

C. द्विपक्षीय स्थानान्तरण (Bilateral Transfer)

D. अन्तर-विषयक स्थानान्तरण (Inter-subject Transfer)


उत्तर:- B. समतलीय स्थानान्तरण (Horizontal Transfer)


२१. विवाहको प्रारम्भमा "सुर्केपुङ" कर्म गर्ने जाति कुन हो ?

A. तामाङ

B. बराम

C. चेपाङ

D. राई


उत्तर:- D. राई


२२. Which of the following is a program that protects websites against bots by generating and grading tests that humans can pass but current computer programs cannot?

A. CAPTCHA

B. HUMAN Intelligence Test

C. FIREWALL

D. ANTI-VIRUS

www.rameshprasadkoirala.com.np

उत्तर:- A. CAPTCHA


२३. Flipped classroom approach कस्तो शिक्षण सिकाइ विधि हो ?

A. शिक्षकले कक्षाकोठामा पाठ प्रस्तुत गर्ने विधि,

B. पाठ्यपुस्तक र शिक्षकको प्रस्तुतिमा निर्भर रहने विधि,

C. विद्यार्थीहरूले कक्षाकोठाभन्दा बाहिर सामग्रीको अध्ययन गरेर कक्षाकोठाको कार्यकलापमा सक्रिय भै भाग लिने विधि,

D. शिक्षक र विद्यार्थीले पालैपालो कार्यकलापमा भाग लिने विधि ।


उत्तर:- C. विद्यार्थीहरूले कक्षाकोठाभन्दा बाहिर सामग्रीको अध्ययन गरेर कक्षाकोठाको कार्यकलापमा सक्रिय भै भाग लिने विधि,


२४. कक्षाकोठाभित्र सहकार्यको वातावरण सिर्जना गर्न के गर्नु उचित हुन्छ ?

A. कक्षाकोठामा विद्यार्थीहरूविच राम्रो परिणाम ल्याउन प्रतिस्पर्धा गराउने,

B. गल्ती गर्ने विद्यार्थीलाई सबैका सामुन्ने राखेर नसिहत दिने,

C. अधिकांश समय विद्यार्थीहरूलाई एक्लाएक्लै काममा लगाउने,

D. विद्यार्थीहरूलाई समूहगत परियोजना र कार्यकलापमा संलग्न गराउने।


उत्तर:- D. विद्यार्थीहरूलाई समूहगत परियोजना र कार्यकलापमा संलग्न गराउने।


२५. सोहौं पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा पर्यटकको औसत बसाई अवधि कति पुन्याउने लक्ष्य राखिएको छ?

A. १३ दिन

B. १४ दिन

C. १५ दिन

D. १६ दिन


उत्तर:- C. १५ दिन


२६. सौर्यमण्डलभित्र आफ्नो अक्षमा सवैभन्दा छिटो घुम्ने ग्रह कुन हो ?

A. बुध

B. वृहस्पति

C. अरूण

D. पृथ्वी


उत्तर:- B. वृहस्पति

www.rameshprasadkoirala.com.np

२७. शिक्षाको आधुनिक अर्थ (Modern meaning of Education) भित्र विषयवस्तुको विल्लेषण गर्ने तथा सिर्जना गर्न सकने बनाउने विषय तलकामध्ये कुन पक्षसँग सम्बन्धित छ?

A. सर्वाङ्गीण विकास (Holistic development)

B. सिपमा आधारित सिकाइ (Skilled based learning)

C. सिर्जनात्मक सोचाइ र समस्या समाधान (Creative thinking and problem solving)

D. प्रविधिमा एकाकार (Integration in technology)


उत्तर:- C. सिर्जनात्मक सोचाइ र समस्या समाधान (Creative thinking and problem solving)


२८. The gap between the people in a society who are computer literate and have access to internet; and those who do not, is referred as

A. Digital divide

B. ICT divide

C. Information divide

D. Technology divide


उत्तर:- A. Digital divide


२९. शिक्षा मनोविज्ञानले कुन कुरालाई केन्द्रभागमा राखेको हुन्छ ?

A. मानव सम्बन्ध

B. मानव विकास

C. मानव अनुभूति

D. मानव सिकाइ


उत्तर:- B. मानव विकास


३०. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८-२०३२) ले चरित्र निर्माणलाई कुन तहको शिक्षाको उद्देश्यभित्र समावेश गरेको थियो ?

A. प्राथमिक तह

B. निम्नमाध्यमिक तह

C. माध्यमिक तह

D. प्रमाणपत्र तह


उत्तर:- B. निम्नमाध्यमिक तह


३१. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा बौद्ध धर्मावलम्वीहरूको सङ्ख्या कति प्रतिशत रहेको छ?

A. ७.२३%

B. ८.०% 

C. ८.१५%

D. ८.२%

www.rameshprasadkoirala.com.np

उत्तर:- D. ८.२%


३२. कुनै शिक्षकले आफ्ना विद्यार्थीहरूले कसरी सिक्छन् भन्ने सन्दर्भमा उनीहरूमा भएको सिकाइको वास्तविक तह (Level of actual development) र शिक्षकको सहायता वा प्रयत्नद्वारा हासिल गर्न सकिने सिकाइको सम्भावित विकासको तह (Level of potential development) को विश्लेषण गर्न कुन सिद्धान्तको प्रयोग गरिन्छ ?

A. भिगोस्कीको जोन अफ प्रोक्सिमल डेभलप्मेन्ट (Zone of Proximal Development)

B. पियाजेको संज्ञानात्मक विकास (Cognitive Development)

C. मुलर तथा उडवर्थको हस्तक्षेपको सिद्धान्त (Theory of Interference Development)

D. वाण्डुराको सामाजिक सिकाइको सिद्धान्त (Social Learning Theory)


उत्तर:- B. पियाजेको संज्ञानात्मक विकास (Cognitive Development)


३३. दिइएका विकल्पहरूमध्येवाट छोडिएको सङ्ख्या '?' पत्ता लगाउनुहोस्

[१३][?][२]

[२३][८७][४]

[९][१०][१]

A. १२

B. १४

C. १५

D. २१


उत्तर:-C. १५



३४. नेपालको संविधानमा उल्लिखित शिक्षासम्बन्धी मौलिक हक तलकामध्ये कुन हो ?

A. प्रत्येक नागरिकलाई उच्च शिक्षासम्म निःशुल्क शिक्षा प्राप्त हुने

B. माध्यमिक तहसम्मको शिक्षा अनिवार्य हुने

C. माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने

D. प्राविधिक शिक्षा निःशुल्क प्राप्त हुने


उत्तर:-C. माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने


३५. भोकमरीविरूद्ध लड्न, द्वन्द्व प्रभावित क्षेत्रमा शान्तिका लागि योगदान दिन र युद्धको हतियारका रूपमा भोकमरीलाई प्रयोग हुन नदिन प्रयास गरेकोमा तलकामध्ये कुन संस्थालाई नोवेल शान्ति पुरस्क्रार प्रदान गरिएको थियो ?

A. परमाणु हतियार विरूद्धको अन्तर्राष्ट्रिय अभियान (ICAN)

B. रासायनिक हतियार विरूद्धको निषेध सङ्गठन (OPCW)

C. युरोपीयन सड्ङ्घ (EU)

D. विश्व खाद्य कार्यक्रम (WFP)


उत्तर:- D. विश्व खाद्य कार्यक्रम (WFP)


३६. निम्न लिखित क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के आउँछ ?

६९, ८४, १८९,?, ११९७, २४८४

A. ३७८

B. ४५६

C. ५०४

D. ५६७


उत्तर:- D. ५६७


३७. आर्थिक वर्ष २०८१/०८२ का बजेटको रुपान्तरणकारी क्षेत्रमा नपर्ने क्षेत्र कुन हो?

A. पर्यटन प्रर्वद्धन

B. शासकीय क्षेत्रमा रुपान्तरण

C. उद्यमशीलता र औद्योगिक विकास

D. कृषि क्षेत्र रुपान्तरण


उत्तर:- B. शासकीय क्षेत्रमा रुपान्तरण

www.rameshprasadkoirala.com.np

३८. कुनै विषयको पाठ्यघण्टा (Credit Hour) निर्धारण मुख्यता के को आधारमा गरिन्छ?

A. सबै विषयको औसत अंकको आधारमा

B. मुख्य र सहायक विषयको औसतको आधारमा

C. सिकाइका विषयवस्तुको व्यापकताका आधारमा

D. शैक्षिक सत्रमा पढाइ हुने दिनको आधारमा


उत्तर:- C. सिकाइका विषयवस्तुको व्यापकताका आधारमा


३९. Cyberbullying is considered as:

A. Fun chat on Facebook

B. Sent an unwanted text on Facebook

C. Show advertisement on Facebook

D. Creating a Facebook group


उत्तर:- B. Sent an unwanted text on Facebook


४०. सगरमाथा हिमाल तल दिइएका स्थानीय तहहरुमध्ये कुन स्थानीय तहमा पर्दछ?

A. खुम्बु पासाङल्हामु गाउँपालिका

B. महाकुलुङ गाउँपालिका

C. सोलु दुधकुण्ड गाउँपालिका

D. सोताङ गाउँपालिका


उत्तर:- A. खुम्बु पासाङल्हामु गाउँपालिका


४१. विद्यालय तहको पाठ्यक्रम निर्माण तथा मूल्याङ्कन गर्ने सम्बन्धमा नीति निर्धारण गर्नको लागि गठित समिति तलको मध्ये कुन हो?

A. राष्ट्रिय शिक्षा परिषद्

B. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्

C. सम्बन्धित विषयका विषयगत समिति

D. राष्ट्रिय पाठ्यक्रम विकास परिषद्


उत्तर:- B. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्


४२. हरितगृहको प्रभावले वातावरणमा के असर गर्छ?

A. पृथ्वी चिसो हुन्छ 

B. समुन्द्रको सतह घटाउँछ 

C. वायुमण्डल हराउने सम्भावना हुन्छ 

D. तातो बढाउँछ र जलवायु परिवर्तन ल्याउँछ


उत्तर:- D. तातो बढाउँछ र जलवायु परिवर्तन ल्याउँछ

www.rameshprasadkoirala.com.np

४३. सिकाइ प्रक्रियामा कार्यपरक सम्बन्धन सिद्धान्त (Operant Conditioning theory) को प्रयोग कुन अवस्थाका लागि गरिन्छ ?

A. ज्ञान निर्माणका लागि

B. व्यवहार निर्माणका लागि

C. सिर्जनात्मक क्षमता विकासका लागि

D. धारणा निर्माणका लागि


उत्तर:- B. व्यवहार निर्माणका लागि


४४. तल दिइएका मन्दिर र तिनीहरुको निर्माण शैलीको सम्बन्धमा उपयुक्त जोडा


मन्दिर                               निर्माण शैली

A. पशुपतिनाथ मन्दिर          १. शिखर 

B. कृष्ण मन्दिर, पाटन         २. ग्रन्थकुट

C. बालगोपालेश्वर मन्दिर, रानीपोखरी    ३. मिश्रित

D. रामजानकी मन्दिर, जनकपुर    ४. प्यागोडा


A. क-४, ख-१, ग-२, घ-३

B. क-३, ख-४, ग-१, घ-२

C. क-२, ख-३, ग-४, घ-१

D. क-१, ख-२, ग-३, घ-४

www.rameshprasadkoirala.com.np

उत्तर:- A. क-४, ख-१, ग-२, घ-३


४५. दैनिका पाठयोजना निर्माणमा वढी उपयोगी हुने सामग्री .... हो ।

A. वार्षिक शैक्षणिक योजना

B. शिक्षक निर्देशिका

C. पाठ्यक्रम

D. पाठ्यपुस्तक

www.rameshprasadkoirala.com.np

उत्तर:- B. शिक्षक निर्देशिका


४६. तलकामध्ये कुन भनाए कायैमूलक अनुसन्धानसँग सम्बन्धित छ ?

A. कुनै पनि विषयवस्तुका बारेमा नयाँ कुरा खोज गर्ने कार्य,

B. विद्यमान ज्ञानका आधारमा नयाँ ज्ञान पत्ता लगाउने कार्य,

C. काम गर्दै अनुभव गर्दै कार्यशैलीमा सुधार ल्याउने रणनीतिक कार्य

D. समस्या पहिचान गर्ने कार्य ।


उत्तर:- C. काम गर्दै अनुभव गर्दै कार्यशैलीमा सुधार ल्याउने रणनीतिक कार्य


४७) शिक्षकको कार्यसम्पादन मूल्याङ्कन वापत पुनरावलोनक समितिले दिन सक्ने अधिकतम अङ्क कति रहेको छ ।

A. ४ अङ्क

B. ५ अङ्क

C. ६ अङ्क

D. १० अङ्क

www.rameshprasadkoirala.com.np

उत्तर:- A. ४ अङ्क


४८) उत्तरवाल्यावस्थामा देखिने विशेषतामध्ये आत्मसम्मानको खोज तलकामध्ये कुन परिवर्तनसँग सम्बन्धित छ ?

A. शारीरिक परिवर्तन

B. मानसिक परिवर्तन

C. भावनात्मक परिवर्तन

D. सामाजिक परिवर्तन


उत्तर:- D. सामाजिक परिवर्तन


४९. तलकामध्ये संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्था कुन हो ?

A. सुरक्षा परिषद्

B. विश्व स्वास्थ्य संगठन

C. अन्तर्राष्ट्रिय न्यायालय

D. आर्थिक तथा सामाजिक परिषद्


उत्तर:- B. विश्व स्वास्थ्य संगठन


५०. Ivan Pavlav को Classical Conditioning Theory मा प्रयोग भएको कुकुर, खाना र घण्टीमा घण्टीको भूमिका तलकामध्ये कुन हो ?

A. Unconditioned Stimulus (US)

B. Unconditioned Response (UR)

C. Conditioned Stimulus (CS)

D. Conditioned Response (CR)


उत्तर:-C. Conditioned Stimulus (CS)

www.rameshprasadkoirala.com.np


Post a Comment (0)
Previous Post Next Post

ADS 1

ADS 2