TSC Set-6


शिक्षक सेवा आयोग सेट-६

१. सूर्यबाट दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको बिचमा पर्ने ग्रहहरु कुन कुन हुन् ?

= मङ्गल र बृहस्पति

 

२. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेतारा लगायतका खगोलीय पिण्डहरु एवम् धूलकण र ग्याँसीय पदार्थको अतिविशाल समूहलाई के भनिन्छ ?

= तारापुन्ज 

 

३. ८.१६३ मी. उचाइ भएको मनासलु हिमाल कुन हिमश्रृङ्खलामा पर्दछ ?

=गणेश

 

४. जमिनको सतहको क्षेत्रफलको हिसाबले पृथ्वीमा रहेको सबभन्दा ठूलो महादेश (Continent) कुन हो ?

= एसिया

 

५. नेपालको प्रामाणिक समय ग्रीनबीच मानक समयभन्दा कति समयको अन्तरमा हुने गरी निर्धारण गरिएको छ ?

= ५ घण्टा ४५ मिनेट अगाडि 

 

६.तल दिइएका मध्ये कुन भनाइ ठीक छ

= अक्षांश बढ्दै जाँदा सम्बन्धित ठाउँको तापक्रम घट्‌दै जान्छ। 

 

७. बाह्य हिमालय (Outer Himalaya) को नामबाट पहिचान बनाएको पर्वतमाला कुन हो

= शिवालिक लेक

 

८. चीन र भारत बीच निर्धारण गरिएको सीमारेखालाई के भनी चिनिन्छ ?

= मेकमोहन लाइन 

 

९. तलका मध्ये कुन व्यक्ति देउथलको युद्धमा मारिएका हुन्

=भक्ति थापा

 

१०. राणाकालीन समयमा कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा उसलाई वृत्ति स्वरुप प्रदान गरिने जग्गालाई के भनिन्थ्यो ?

= रैकर भूमि

 

११. नेपालमा सर्वप्रथम बिजुली बत्ती कहिले र कस्को पालामा बलेको थियो ?

=वि.सं. १९६८ चन्द्र शमशेरको पालामा 

 

१२. "समृद्ध नेपाल सुखी नेपाली गन्तव्य सहितको दीर्घकालीन सोच २१०० मा समृद्धि र सुखका लक्ष्यहरु कति कति वटा रहेका छन् ?

= समृद्धिका ४ र सुखका ६

 

१३. देशको दीर्घकालीन विकासको निम्ति प्रमुख चुनौतीको रुपमा रहेको गरिबीलाई प्रभावकारी रुपबाट घटाउन "गरिबी

निवारण गर्ने एक मात्र मूल उद्देश्य राखेको नेपालको आवधिक योजना कुन हो ?

= नवौ योजना

 

१४. छोरीलाई दाइजोको रुपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ ?

=चेपाङ्ग

 

१५. संयुक्त राष्ट्रसंघको ७० औं महासभाले घोषणा गरेको दिगो विकासका लक्ष्यहरुमा कतिवटा लक्ष्य र परिमाणात्मक लक्ष्यहरु निर्धारण गरिएका छन् ?

A. १७ लक्ष्य १६९ परिमाणात्मक लक्ष्य

 

१६. संयुक्त राष्ट्रसंघ महासभाको पहिलो महिला अध्यक्ष को हुन् ?

=विजयलक्ष्मी पण्डित ( भारत )

 

१७. नेपालले सर्वप्रथम दौत्य सम्बन्ध स्थापित गरेको मुलुक कुन हो ?

= संयुक्त अधिराज्य (बेलायत)

 

१८. वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई हालसालै बहराईनका राजपरिवारका सदस्यबाट प्रदान गरिएको अवार्डको नाम के हो ?

= Human Welfare Award 

 

१९. वि सं. २०७८ सालको मदन पुरस्कार कुन कृतिका लागि कसलाई प्रदान गरियो ?

= अग्नि / नवराज लम्साल

 

२०. टाइम्स पत्रिकाले सन् २०२२ का लागि 'Person of the Year' को रुपमा घोषणा गरेका व्यक्ति को हुन् ?

=भोलोदिमिर जेलेन्स्की

 

२१. शिक्षा त्रिमुखी प्रक्रिया (Tripolar Process) हो भने ती तीन पक्षहरु के के हुन्

=शिक्षक, विद्यार्थी, समाज

 

२२. शिक्षामा मानव विकास के को प्रतिफल हो ?

= सिकाइ र परिपक्वताको

 

२३. सिर्जनात्मक सोचाइको विकासका लागि तलका मध्ये कुन सिकाइ सिद्धान्त उपयोगी मानिन्छ ?

= अन्तरदृष्टि सिकाइ सिद्धान्त

 

२४. स्मरण प्रक्रियामा तलका मध्ये कुन चाहिँ क्रम ठीक हो

= प्राप्ति सङ्केतमा बदल्नु भण्डारण गर्नु पुनः प्राप्ति -

 

२५. तल दिइएका मध्ये मानव जीवनको पहिलो सिकाइ सीप कुन हो ?

= भाषिक वा मौखिक सीप

 

२६. पाठ्यक्रमले निर्धारण नगर्ने उद्देश्य तलका मध्ये कुन हो ?

= पाठगत 

 

२७. विद्यालय शिक्षाको राष्ट्रिय पाठयक्रम २०७६ ( परिमार्जित संस्करण २०७९) अनुसार सक्षमता'भन्नाले तलकामध्ये कुनलाई बुझिन्छ ?

= ज्ञान, सिप, प्रवृत्ति र मूल्यको आर्जन तथा तिनको प्रयोग सामर्थ्य 

 

२८. शिक्षण सिकाइमा श्रव्य दृष्य सामग्री प्रयोगबाट हुने फाइदा तलका मध्ये कुन हो ?

= वास्तविक वस्तु र अवस्थाको अनुभूति गराउन सकिने 

 

२९. कुनै विषयसँग सम्बन्धित यन्त्र वा उपकरणलाई सजगतापूर्वक सञ्चालन गरी व्याख्या गर्दै सिकाउने विधिलाई कुन विधि भनिन्छ ?

=प्रदर्शन विधि

 

३०. तलका मध्ये कुन भनाईले मूल्यांकनलाई बुझाउछ ?

= विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गरी निर्णय लिने प्रक्रिया

 

३१ . द्धन्द्धरत पक्षहरुको साझा स्वार्थको विषयमा छलफल गर्ने र दुवै पक्षको जित हुने किसिमले इन्द्रको समाधान गर्ने शैलीलाई के भनिन्छ ?

= सहयोगात्मक शैली

 

३२. बालबालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्ने कार्य शिक्षकको कुन सक्षमता अन्तर्गत पर्दछ ?

= बालबालिका / सिकारु सम्बन्धी ज्ञान 

 

३३. 'Orient' शब्दको विपरीतार्थक शब्द कुन हो ?

=Disorder

 

३४. Deny:Grant भए झैं तलको कुन मिल्दछ ?

= Day:Night

 

३५. निम्न जोडाहरुमा कुन जोडाले सबैभन्दा प्रत्यक्ष एकल अवधारणा (Single concept) दर्शाउँछ ?

=तारा-सूर्य 

 

३६. ४+१=१५, ७+२=२९, ३+५ =५८ भए ६+३ कति हुन्छ ?

=३९

 

३७. तलका क्रममा खाली भएको स्थानमा कुन अङक आउँछ?

, १३, २८......... १२२

=५९

 

३८. तल दिइएका शब्दहरुमा कायम रहेको अक्षरहरुको सम्बन्धको आधारमा नमिल्दो शब्द कुन हो ?

=Brass

 

३९. राजुले एउटा वस्तु रु.९६००मा किनेर ५ प्रतिशत घाटामा बेचेका छन । त्यो पैसाबाट उनले अर्को वस्तु किनेर ५ प्रतिशत नाफामा बेचे। उनको समग्र लाभ हानि के हो ?

= रु. २४ घाटा

 

४०. तल दिइएका शब्दहरु कुनै न कनै रुपमा एक अर्कासँग सम्बन्धित छन् । ती मध्ये कुन चाहिँ अन्यभन्दा फरक छ ?

=कलम-मकल

 

४१. Information and Communication Technology in schools provide in an opportunity to teachers to transform their practices by providing them,

क) Improved educational content

ख) Effective teaching and learning method

ग) Interactive educational materials

 

=All of the above

 

४२. An approach to education that combines online educational materials and opportunities for interaction online with traditional place-based classroom methods is called;

= hybrid learning

 

४३. A set of practices, organizations and individuals perform regularly to maintain the health security of usere, devices, networks and date is termed as;

= Cyber hygiene

 

४४.......refers to exploring the appropriate and ethical behaviors related to the online  environment and digital media platform.

= Cyber ethics

 

४५. Text styling feature of MS word is............

= Word art

 

४६. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहका आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी तोकिएका कार्यहरु भित्र नपर्ने कार्य तलका मध्ये कुन हो ?

= बाल उद्यानको व्यवस्थापन 

 

४७. शिक्षा ऐन, २०२८ अनुसार शिक्षक सेवा आयोगका सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्न नेपाल सरकारले गठन गर्ने समितिमा नरहने पदाधिकारी तलका मध्ये कुन हो ?

= राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य 

 

४८. नेपालको संविधानको धारा ४८ अनुसार नागरिकका कर्तव्यमा उल्लेख नभएको कर्तव्य तलका मध्ये कुन हो ?

= विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्नु 

 

४९. शिक्षक सेवा आयोगबाट लिइने परीक्षाको पाठ्यक्रम, परीक्षण प्रणाली तथा मूल्यांकन प्रक्रिया कसले तोके बमोजिम हुन्छ?

= शिक्षक सेवा आयोगले

 

५०. सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको प्रमाणपत्र छानविन गर्ने प्रयोजनको लागि जिल्लस्तरमा गठन हुने प्रमाणपत्र छानविन समितिको अध्यक्ष को रहन्छ ?

= प्रमुख जिल्ला अधिकारी

Post a Comment (0)
Previous Post Next Post