TSC Set-5


शिक्षक सेवा आयोग

सेट-५


१. नेपालसँग वि.सं. २००७ सालभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको मुलुक तलका मध्ये कुन हो

A. जापान

B. फिलिपिन्स

C. फ्रान्स

D. स्वीट्जरल्याण्ड

उत्तर= फ्रान्स 

 

२. तलका मध्ये कुन चाहिँ संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था होइन

A. खाद्य तथा कृषि संगठन 

B. अन्तर्राष्ट्रिय श्रम संगठन

C. अन्तर्राष्ट्रिय अदालत

D. विश्व स्वास्थ्य संगठन

उत्तर=अन्तर्राष्ट्रिय अदालत

 

३. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

A. मरियाना ट्रेन्च 

B. प्यूटोरिको ट्रेन्च

C. जाभा ट्रेन्च

D. मोलाद्विप ट्रेन्च

उत्तर= मरियाना ट्रेन्च

 

४. कुन महादेशलाई प्रायद्वीपको पनि प्रायद्वीप भनेर चिनिन्छ ?

A. एसिया

B. युरोप 

C. अष्ट्रेलिया

D. अफ्रिका

उत्तर=युरोप

 

५. सौर्यमण्डलका ग्रहहरुलाई भित्री सौर्यमण्डल र बाहिरी सौर्यमण्डलमा विभाजन गरिएको छ । तलका मध्ये कुन ग्रह भित्री सौर्यमण्डलमा पर्छ ?

A. अरुण (Uranus)

B. बृहस्पति (Jupiter)

C. मङ्गल (Mars)

D. शनि (Saturn)

उत्तर=मंगल 

 

६. Microsoft Excel is not used for...

A. Data Analysis 

B. Word Processing 

C. Accounting 

D. Preparing Mark-sheet 

उत्तर= Word Processing 

 

७. नेपालको सबैभन्दा लामो हिमनदी खुम्बु हो भने सबैभन्दा ठूलो हिमनदी कुन हो ?

A. लाङटाङ

B. इम्जा

C. नाड्पाई

D. ल्होत्से

उत्तर= लाङटाङ 

 

८. नेपालको प्रसिद्ध कालिगण्डकी नदीको उद्गमस्थल तलका मध्ये कुनचाहिँ हो ?

A. गोसाइकुण्ड

B. भैरवकुण्ड 

C. सूर्यकुण्ड

D. दामोदरकुण्ड

उत्तर=दामोदरकुण्ड

 

९. विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर क्षेत्रमा मिति वि.सं. २०६६ मङ्सिर १८ मा बसेको मन्त्रिपरिषद्को बैठक कुन विषयमा केन्द्रित थियो ?

A. विपद व्यवस्थापन

B. वातावरण संरक्षण

C. जनसंख्या व्यवस्थापन

D. विश्व सम्पदा संरक्षण

उत्तर= वातावरण संरक्षण

 

१०. पूर्वीय दर्शन अनुसारको आयुर्वेद उपचार पद्धतिका प्रणेता को हुन्

A. अश्विनी कुमार

B. च्यवन ऋषि 

C. दधीचि ऋषि

D. धवन्तरी

उत्तर=धवन्तरी

 

११. सन् २०२३ मा प्रकाशित World Happiness Report अनुसार सबैभन्दा खुशी मुलुकको सूचीमा प्रथम स्थानमा फिनल्यान्ड रहेको छ भने नेपाल कति औं स्थानमा रहेको छ ?

A. ७५ औ

B. ७६ औ

C. ७७ औ

D. ७८औ

उत्तर= ७८ औ

 

१२. तल दिइएका संरक्षित क्षेत्रहरुमध्ये कुनचाहिँ शिकार आरक्ष हो ?

A. मकालु बरुण

B. अपिनाम्पा

C. कोशीटप्पु

D. ढोरपाटन

उत्तर= ढोरपाटन

 

१३. हालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत नभएको नेपालको सम्पदा तलका मध्ये कुन हो ?

A. भक्तपुर दरबार क्षेत्र 

B. गोरखा दरबार क्षेत्र 

C. लुम्बिनी क्षेत्र

D. हनुमानढोका दरबार क्षेत्र

उत्तर= गोरखा दरबार क्षेत्र 

 

१४. Which of the following tools is used by teachers to share thoughts, ideas and experiences ?

A. Blog

B. Infographic 

C. Books

D. Email

उत्तर= Blog 

 

१५. सन् २०२२ को UNESCO शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो ?

A. एन्जेला मर्केल

B. डेनिस सुलिवान 

C. स्वान्ती पावो

D. रोहन करुणातिलका

उत्तर= एन्जेला मर्केल

 

१६. कुनै व्यक्तिले यात्रा गरिरहेको सवारी साधन बिग्रिएपछि त्यसलाई छोडी दोस्रो साधन खोजी गरी उ गन्तव्यमा पुग्यो । यस घटनामा यात्रुबाट तलका मध्ये कुन स्वरुपको सिकाइ प्रयोग भयो ?

A. औपचारिक

B. अनियमित 

C. अनौपचारिक

D. नियमित

उत्तर= अनियमित 

 

१७. विद्यालय क्षेत्र सुधार योजना ( SSRP) २००९-२०१५ ले नसमेटेको तर शिक्षा क्षेत्र योजना (ESP) २०७८- २०८७ ले समेटेको सुधारको क्षेत्र तलका मध्ये कुन चाहिँ हो ?

A. समता

B. गुणस्तर

C. उत्थानशीलता

D. संस्थागत सुशासन र व्यवस्थाप

उत्तर= उत्थानशीलता

 

१८. शरीरको अङ्ग प्रत्यङ्गहरुमा आउने परिमाणात्मक तथा संरचनात्मक परिवर्तन...............हो।

A. विकास

B. परिपक्वता

C. वृद्धि र विकास दुवै 

D. वृद्धि

उत्तर= वृद्धि 

 

१९. "सिकाइ भनेको अनुभव एवम् तालिमको माध्यमबाट आउने व्यवहारको परिमार्जन हो" यो भनाइ कसको हो ?

A. Calvin

B. Gange

C. Gate

D. Crow and Crow

उत्तर=Gate 

 

२०. तलका मध्ये वृद्धिको विशेषता भित्र नपर्ने कुन हो ?

A. नाप्न वा तौलन सकिन्छ ।

B. सबै स्थान विशेषमा प्राय एउटै हुन्छ ।

C. शारीरिक परिवर्तनसँग सम्बन्धित हुन्छ । 

D. निश्चित क्रम हुन्छ । 

उत्तर= सबै स्थान विशेषमा प्राय एउटै हुन्छ ।

 

२१. "तपाईले घोडालाई पानी भएको ठाउँसम्म लैजान सक्नुहुन्छ तर उसलाई पानी पिलाउन सक्नुहुन्न । " यो भनाइ तलका मध्ये सिकाइका कुन पक्षसँग मिल्छ

A. सिक्नका लागि बुद्धिमत्ता

B. सिकाइका लागि जागरुकता

C. सिकाइको प्रभाव

D. सिक्नका लागि अभिरुचि

उत्तर=सिकाइका लागि जागरुकता

 

२२. सिकाइमा शिक्षकको हेराइ र मुस्कुराहट तलका मध्ये कुन प्रकारको पुनर्बल हो ?

A. सकारात्मक शाब्दिक पुनर्बल

B. सकारात्मक अशाब्दिक पुनर्बल 

C. नकारात्मक शाब्दिक पुनर्बल

D. नकारात्मक अशाब्दिक पुनर्बल

उत्तर= सकारात्मक अशाब्दिक पुनर्बल

 

२३. मनोवैज्ञानिक धर्नडाइकका अनुसार सिकाइका प्राथमिक नियममा नपर्ने तलका मध्ये कुन नियम हो ?

A. तत्परताको नियम 

C. प्रभावको नियम

B. बहुप्रतिक्रियाको नियम 

D. अभ्यासको नियम

उत्तर=B. बहुप्रतिक्रियाको नियम 

 

२४. उद्दीपक र प्रतिक्रियाको साहचर्यबाट हुने सिकाइलाई के भनिन्छ ?

A. Learning by association.

B. Conditional response

D. Salvation process

C. Unconditional stimuli

उत्तर= Learning by association.

 

२५. What is google classroom?

A. Replacement for conventional schools.

B. Online school.

C. Web-based learning platform.

D. Course curriculum developed by google.

उत्तर= Web-based learning platform.

 

२६. समालोचनात्मक सोचाइ र समस्या समाधान सीप अन्तर्गत नपर्ने सीप तल दिइएका मध्ये कुनचाहिँ हो ?

A. प्रभावकारी तर्क गर्ने

B. सिर्जनात्मक सोचाइ

C. लेखाजोखा तथा निर्णय गर्ने

D. समस्याको समाधान गर्ने

उत्तर= समस्याको समाधान गर्ने

२७. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पाठ्यक्रम विकास गर्ने अधिकार कसलाई दिएको छ ?

A. पाठ्यक्रम विकास केन्द्र र स्थानीय तह

B. पाठ्यक्रम विकास केन्द्र

C. पाठ्यक्रम विकास केन्द्र र प्रदेश सरकार

D. पाठ्यक्रम विकास केन्द्र, प्रदेश सरकार र स्थानीय तह 

 

२८. तलका मध्ये कुन शिक्षण विधिले अप्रत्यक्ष सिकाइलाई प्रोत्साहन गर्छ ?

A. सहभागितात्मक परियोजना कार्य

B. उदाहरण सहितको प्रवचन विधि

C. समूह शिक्षण

D. कुनै विषयमा गरिने प्रदर्शन

उत्तर= समूह शिक्षण

 

२९. शिक्षण सिकाइ क्रियाकलापमा बैकिङ्ग अवधारणा ( Banking Concept) अनुसारको शिक्षण उपयुक्त हुन्न भनेर वकालत गर्ने व्यक्ति को हुन् ?

A. पाउलो फेरे

B. जोन डिबे

C. भिगोस्की

D. माइकल फुलान

उत्तर= पाउलो फेरे

 

३०. तलका मध्ये कुनचाहिँ निर्माणात्मक मूल्याङ्कनको विशेषता हो

A. सिकाइको स्तर निर्धारण गर्नु

B. औपचारिक मूल्याङ्कन प्रक्रियामा आधारित हुनु

C. सिकाइमा सुधार गर्नु

D. नतिजाको व्याख्या गर्नु

उत्तर= सिकाइमा सुधार गर्नु

 

३१. 'प्रयोग गर', 'प्रदर्शन गर' 'समाधान गर' जस्ता क्रियापदहरु भएको प्रश्नले कुन सिकाइ सक्षमता परीक्षण

गर्छ ?

A. मूल्याङ्कन

B. प्रयोग

C. विश्लेषण 

D. बोध

उत्तर= प्रयोग

 

३२. कक्षाकोठा भित्रको विविधता व्यवस्थापन गर्दै सिकारुको सिकाइ गति र क्षमताअनुसार सूचना र प्रविधि सहित सिकाइ कार्य सञ्चालन भएको अवस्था तल दिइएका मध्ये कुन चाहिँ हो ?

A. आधुनिक कक्षाकोठा व्यवस्थापन

B. सूचना र प्रविधिमा आधारित शिक्षण

C. शिक्षक निर्मित तथा शिक्षक केन्द्रित शिक्षण 

D. सिकारुमैत्री सिकाइ 

उत्तर= आधुनिक कक्षाकोठा व्यवस्थापन

 

३३. शिक्षा नियमावलीले आधारभूत तह कक्षा ६-८ देखि नै योग्यता पुगेका विषयगत शिक्षकको व्यवस्था गर्नुले कुन प्रकारको शिक्षणलाई अवलम्बन गर्न खोजेको बुझिन्छ

A. बहुकक्षा शिक्षण

B. विषय शिक्षण

C. मिश्रित शिक्षण

D. कक्षा शिक्षण

उत्तर= विषय शिक्षण

 

३४. शिक्षकले पढाउन थालेको शुरुवाती चरणमा उनीहरुलाई दिइने सङ्क्षिप्त तालिमलाई तलका मध्ये के भनिन्छ ?

A. Teacher Development 

B. Initial Teacher Training

C. Induction Training

D. Initial Training Education

उत्तर= Induction Training

 

३५. आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गर्ने बानी शिक्षकको कुन सक्षमता अन्तर्गत पर्दछ ?

A. विषयवस्तुको ज्ञान

B. शिक्षण सिकाइका तौर तरिका सम्बन्धी

c. निरन्तर सिकाइ र पेसागत विकास

D. सञ्चार तथा सहकार्य

उत्तर= निरन्तर सिकाइ र पेसागत विकास

 

३६. What is Chat GPT ?

A. Video sharing platform 

B. Search engine

C. Language model

D. Artificial intelligence chatbot

उत्तर= Artificial intelligence chatbot

 

३७. नेपालको परराष्ट्र नीति....... मा आधारित छ ।

A. छिमेकीसँगको समझदारी

B. पञ्चशील

C. आर्थिक कुटनीति

D. सहकार्य र समन्वय

उत्तर= पञ्चशील

 

३८. शिक्षक निर्देशिकाले तलका मध्ये कुनलाई बुझाउँछ ?

A. पाठ्यपुस्तकको वैकल्पिक साधन

B. विद्यार्थीको स्वाध्ययन सामग्री

C. शिक्षकको तालिम सामग्री

D. अध्यापन मार्गदर्शन

उत्तर= अध्यापन मार्गदर्शन

 

३९. चालू पन्ध्रौं पञ्चवर्षीय योजना ( आ व २०७६/०७७-२०८०/०८१) को अन्त्यसम्म गरिबीको रेखामुनि रहेको जनसंख्या कुल जनसङ्ख्याको कति प्रतिशत रहने अपेक्षा गरिएको छ ?

A. ९.० प्रतिशत

B. ९.५ प्रतिशत

C. १०.५ प्रतिशत

D. ११.५ प्रतिशत

उत्तर= ९.५ प्रतिशत

 

४०. Which is the best way to set secured password in email ?

A. Use only letters

B. Use letters and numbers

C. Use with letters, numbers and symbols 

D. Use large numbers

उत्तर= Use with letters, numbers and symbols

 

४१. शिक्षा सम्बन्धी मौलिक हकको सन्दर्भमा नेपालको संविधानमा उल्लेख नभएको विषय तलका मध्ये कुन हो ?

A. महिलालाई शिक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसरको हक

B. प्रत्येक बालबालिकालाई निःशुल्क उच्च शिक्षा पाउने हक

C. प्रत्येक व्यक्तिलाई आफ्नो भाषा प्रयोग गर्ने हक

D. आर्थिक रुपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक

उत्तर = प्रत्येक बालबालिकालाई निःशुल्क उच्च शिक्षा पाउने हक

 

४२. शैक्षिक गुठीको आय व्ययको लेखा कोबाट लेखापरीक्षण गराउनु पर्ने हुन्छ ?

A. महालेखा परीक्षकले खटाएको लेखापरीक्षकबाट

B. स्थानीय तहबाट खटाइएको लेखापरीक्षकबाट

C. शिक्षा विकास तथा समन्वय इकाइबाट खटाइएको लेखापरीक्षकबाट

D. मान्यता प्राप्त लेखापरीक्षकबाट

उत्तर= मान्यता प्राप्त लेखापरीक्षकबाट

 

४३. शिक्षकलाई नसिहत दिने वा दुई तलब बृद्धि रोक्काको निर्णय गर्ने अधिकार कसलाई दिइएको छ ?

A. प्रधानाध्यापक

B. विद्यालय व्यवस्थापन समिति

C. शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख

D. शिक्षा विकास निर्देशक

उत्तर= प्रधानाध्यापक

 

४४. विद्यालयका प्रधानाध्यापक, प्रधानाध्यापकसँग समान श्रेणीको शिक्षक र प्रधानाध्यापक भन्दा माथिल्लो श्रेणीको शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरीवेक्षक तलका मध्ये को रहने प्रावधान छ ?

A. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

B. विद्यालय निरीक्षक

C. स्थानीय तहको शिक्षा हेर्ने प्रमुख

D. शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख

उत्तर= स्थानीय तहको शिक्षा हेर्ने प्रमुख

 

४५. विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन कुन तहको काम, कर्तव्य र अधिकार अन्तर्गत पर्दछ ?

A. प्रदेश तह

B. स्थानीय तह

C. प्रदेश र स्थानीय तहको साझा

D. माथिको कुनै पनि होइन

उत्तर= स्थानीय तह

 

४६. दिइएको शब्द Earthly को विपरीतार्थक शब्द छान्नुहोस् ।

A. Natural

B. Spiritual

C. Sensual

D. Temporal

उत्तर= Spiritual

 

४७. अस्तव्यस्त अक्षर "RATORP" लाई व्यवस्थित रुपमा ल्याई अर्थपूर्ण शब्द बनाउनु होस् । त्यसपछि तल दिइएका विकल्पहरु मध्ये कुन समूहमा पर्दछ पत्ता लगाउनुहोस् ।

A. जनावर

B. फूल

C. चराचुरुङ्गी

D. सागसब्जी

उत्तर= चराचुरुङ्गी

 

४८. सत्ताइसवटा भेडाबाखा रहेको गोठमा आठवटा बाख्राहरु रहेछन् भने त्यहाँ रहेका भेडाहरुको सङ्ख्या कति प्रतिशत हो ?

A. ७०.३७

B. ७०.४७

C. २९.६२

D. २९.७०

उत्तर= ७०.३७

 

४९. यदि " MATURE" लाई अंकमा ३१४६५२ भनी कोड गरिएमा YOUNG को कोड के होला ? दिइएका विकल्पहरु मध्येबाट पत्ता लगाउनुहोस् ।

A. ९०६८७

B. ६७८०९

C. ७८०९६

D. ६०९८७

उत्तर= ९०६८७

 

५०. प्रश्न चिन्ह (?) रहेको खाली कोठामा कुन अङ्क ठीक हुन्छ दिइएका विकल्पहरु मध्येबाट रोजी पूरा गर्नुहोस् ।

[ १ ][ ४ ][ ९ ]

[३६][१६][२५]

[६४][४९][८१]

[१५][१३][ ? ]

A. १४

B. १६

C. १७

D १८

उत्तर= १७

Post a Comment (0)
Previous Post Next Post