नेपालको हिमाली प्रदेशको परिचय

हिमाली प्रदेश

नेपालको उत्तरी भेगमा हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भूभाग समेटेको छ । करिब २५ देखि ५० किलोमिटर उत्तरदक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुद्र सतहदेखि करिव ३,००० मिटरमाथिको उचाइमा अवस्थित छ। कञ्चनजङ्घा जनक, उम्बक, महालगुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश, सेराङ, कुटाङ, मनसिरी, पेरी, लगुला, दामोदर, निलगिरि, अन्नपूर्ण, धवलागिरि, मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाड्गला, चण्डी, नालाकड्ङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका प्रसिद्ध २८ हिमशृङ्खलाहरू हुन् । यी शृङ्खलाहरू अधिकतम भोट (तिब्बत) का सीमावर्ती क्षेत्रमा रहेका छन्


हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ । उनका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्त्वपूर्ण स्रोत हुन् ।


यो क्षेत्र अल्पाइन र आर्कटिक जलवायुक्षेत्रअन्तर्गत पर्छ। उचाइ र पर्वतको अवस्थितिअनुसार जलवायु फरक पर्छ । सोलुखुम्बुको ४,४०० मिटर उचाइमा रहेको चुङकुङ गाउँमा आलु फल्छ । २,८०० मिटर उचाइमा रहेको मुस्ताङको जोमसोममा दुई सय मिलिमिटर वर्षा हुन्छ । यस्ता उच्च हिमालका खेतीयोग्य जमिन सोलुखुम्बु, मनाङ, मुस्ताङ र डोल्पा जिल्लामा पाइन्छ ।


करिव ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ लगभग ४,००० मिटरमाथिका भूभागमा छोटो अवधिको वर्षायाममा पनि तुसारापात हुन्छ ४,००० ५,००० मिटरसम्म होचो भाङ झाडी (जडीबुटी पाइन्छ । मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २,८०० मिटर उचाइसम्म पनि हुने गरेको पाइन्छ । करिव १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ अरू भूभाग ठाडो भिर, ढुङ्गे र ठन्डा हुँदा चरनका लागि उपयुक्त छैन। घास पुनः पलाउन समय लाग्ने भएकाले अधिक चरनबाट जोगाउन चरन व्यवस्थापन यहाँको मूल आवश्यकता हो । माटो र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीका लागि उपयुक्त छ। यातायातको आवश्यक व्यवस्था अझसम्म पनि हुन नसकेको कारण उत्पादनको बजारीकरण गर्न कठिनाइ हुने गरेको छ ।


नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ । यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त (Glaciated) छन् । नदीले पिँध कटान बढी गरेको फलस्वरूप नदी ढलान (Gradient) ले गल्छेडा र गल्छी (Canyons) बनेका छन् । डाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ । यसैले यहाँको एउटै ढलोमा ऊष्ण, ऊपोष्ण र न्यानो समशीतोष्ण एवम् चिसो शीतोष्ण बोटबिरुवा पाइन्छन् यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भूभागमध्ये ३४ प्रतिशत भूभागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भूभागले मात्र खेती धानेको छ यस्तो २००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ । हिमाली क्षेत्रमा नेपालका पूर्वदेखि क्रमशः ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला धादिङ, रामेछाप, गोरखा र रुकुम (पूर्व) गरी २० जिल्ला पर्दछन् । हिमाली प्रदेशलाई निम्नलिखित तीन बृहत् क्षेत्रमा विभाजन गरी अध्ययन गर्न सकिन्छ मुख्य हिमाली क्षेत्र हिमालय अन्तर्गतका उच्चतम चुलीहरू केन्द्रित मुख्य हिमालयमा ८,००० मिटरभन्दा अग्ला चुलीहरू पर्छन् । तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली शृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११ चुचुराहरू रहेका छन् विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो ओयु धवलागिरि, मनास्लु, अन्नपूर्णसमेत विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन चुचुराहरू रहेका छन् । कञ्चनजङ्घा, खुम्बु, महालगुर, रोल्वालिङ, गणेश, गोरखा, अन्नपूर्ण, धवलागिरि, काञ्जिरोवा, अपी र सैपाल हिमशृङ्खलाअर्न्तगत विश्वका १० सर्वोच्च शिखरहरूमध्ये आठओटा हिमशिखरहरू पर्दछन् ।


#भित्री हिमाली क्षेत्र

मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ । नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन् यहाँ पुराग, हुम्ला, मुगु, लाङगु, बुढी खोटाङ, केरुङ, न्यानम, रोगसार, खुम्बु, कर्मा आदि हिमवेष्ठित उपत्यकाहरू छन् । उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बिचमा रहेका यी उपत्यका २,४००-५,००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खाँच र बैँसी रहेका छन् हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछायामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ। यस भेगमा शुष्क जलवायु पाइन्छ


यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुने हुँदा डालेघाँस प्राय: पाइँदैन । यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खच्चर, घोड़ा चौरी आदि जनावरबाट गर्ने गर्दछन् जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म फल्छ । हिउँदमा ठन्डा हुने हुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निकै पातलो छ। 

सीमान्त हिमाली क्षेत्र
यो अन्तरहिमाली शृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिव १३० किलोमिटर उत्तरसम्म फैलिएको छ । सरदर ६,००० मिटर उचाइदेखि करिव ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गङ्गा र साङ्ग पो (ब्रह्मपुत्र को पानी ढलो क्षेत्रका रूपमा रहेको छ । उच्च हिमशृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन् मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन् वृष्टिछायामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ। 

1 Comments

Post a Comment
Previous Post Next Post