पुष २१, २०७८

 

 १. प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता (२०७८) को उपाधि कसले जित्यो ?

 एपीएफ क्लब

– धनगढीमा सम्पन्न सो प्रतियोगितामा च्याम्पियन बन्दै ट्रफीसहित नगद पाँच लाख रुपियाँ प्राप्त गरेको ।

– उपविजेता बनेको प्रदेश १ ले तीन लाख रुपियाँ र ट्रफी प्राप्त गरेको ।

– नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजना र सुदूरपश्चिम क्रिकेट सङ्घको सहआयोजनामा २०७८ पुस ३–११ सम्म सो प्रतियोगिता सञ्चालन भएको ।

– प्रतियोगितामा सात प्रदेशका सात टिम र विभागीय टिम एपीएफ क्लबको सहभागिता रहेको ।


२. दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न अहं भूमिका निर्वाह गरेका डेसमन्ड टुटुको निधन कहिले भएको हो ?

 सन् २०२१ डिसेम्बर २६

– नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि सन् १९९१ सम्म दक्षिण अफ्रिकामा कायम रङ्गभेदी नीति अन्त्य गर्ने आन्दोलनको एक प्रमुख व्यक्तित्व रहनुभएको ।

– नोबल शान्ति पुरस्कार विजेता टुटुले रङ्गभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर अहं भूमिका निर्वाह गर्नुभएको ।

– अश्वेत जातिका टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग सङ्घर्षमा रहनुभएको ।


३. बङ्गलादेशको ढाकामा सम्पन्न एभीसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप उपाधि कसले जित्यो ?

 नेपाल

– नेपालले ढाकामा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ सेटले हराई उपाधि हात पारेको ।

– योसँगै नेपालले लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएको । नेपालले बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर उपाधि जितेको थियो ।

– दोस्रो संस्करणको च्याम्पियनसिपमा श्रीलङ्काले तेस्रो स्थान हासिल गरेको ।

– च्याम्पियनसिपमा बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको ।

– पुरुष भलिबल टिमतर्फ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भने चौथो स्थान हासिल गरेको । यो विधाको फाइनलमा श्रीलङ्काले घरेलु टिम बङ्गलादेशलाई हराएर उपाधि जितेको ।


४. हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ती घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७८ पुस १५

– जिल्लामा रहेको एक मात्र छायाँनाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा, नाउर, झापागाड र चैनलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको ।


५. ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?

 सुदूरपश्चिम

– पुस १५ गतेको रात सबैभन्दा लामो हुने मान्यताका साथ यो रातलाई ठूली रात मानी राति मिठोमिठो खानेकुरा खाएर रमाइलो गरेर जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको ।

– पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने चलन रहेको ।

– तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट यही दिन कुन्क्यौली (वनभोज) खाने चलनसमेत रहेको ।

– डिसेम्बर २२ तारिखलाई विश्वभर नै सबैभन्दा छोटो दिन भनिए पनि यहाँ भने पुस १५ लाई छोटो दिन

मान्ने गरिन्छ ।

– भारतमा पुस १५ लाई लोहरी पर्वका रूपमा

मनाउने गरिन्छ ।


६. तनहुँको व्यास र बर्दियाको ठाकुरबाबा नगरपालिकाबीच मितेरी सम्बन्ध कहिले कायम गरिएको हो ?

 वि.सं. २०७८ पुस

– समृद्धिका लागि सँगसँगै भन्ने नारासहित दुई पालिकाबीच मितेरी सम्बन्ध कायम गरिएको ।

– रीति, संस्कृति र परम्परा साटासाट गरी पर्यटक आकर्षित गर्न, विकासको मोडलमा छलफल र साझेदारीका रूपमा काम गर्न सम्बन्ध स्थापित गरिएको ।

– पहाड र समथर क्षेत्रको खानपिन एवं उत्पादित वस्तुको आदानप्रदानमा सहजता हुने साथै व्यापारिक समन्वयमा मितेरी सम्बन्धले महìवपूर्ण भूमिका निर्वाह गर्ने

विश्वास गरिएको ।


७. मिसेस नेपाल वल्र्ड, २०२१ को उपाधि चुम्न सफल युवती को हुन् ?

 दीक्षा केसी (वाफल, काठमाडौँ)

– दीक्षाले उपाधिसहित सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने । यसै वर्षदेखि मिसेस नेपाल वल्र्डको विजेतालाई मिसेस वल्र्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता हुने ।

– प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता एमएस इन्टरनेसनल भएका । उनीहरूले उपाधिसहित सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गरेका ।

– रिवन इन्टरटेन्मेन्टको आयोजना तथा कि एडभर्टाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वल्र्ड फस्र्ट रनर्स–अप, राजश्री थापा मिसेस नेपाल वल्र्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप भएका ।


८. नेपालमा UNMIN ले कहिलेदेखि कहिलेसम्म कार्य गरेको हो ?

 वि.सं. २०६३ माघ ९ देखि २०६७ पुस ३०


९. संयुक्त राष्ट्रसङ्घका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि को हुन् ?

 ऋषिकेश शाह (सन् १९५५–१९६१)

– (हाल UNO का लागि नेपालको स्थायी प्रतिनिधि अमृत राई रहेका ।)


१०. नीलगाईलाई अर्को के नामले चिनिन्छ ?

 घोडगधा


११. मानिसजस्तै रुने जनावर भालु हो भने मानिसजस्तै हाँस्ने जनावर कुन हो ?

 हाइना


१२. पोइन्ट फोर प्रोग्राम केसँग सम्बन्धित छ ?

 वैदेशिक सहायता


१३. नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक कहिले सम्पन्न भएको थियो ?

 वि.सं. २०७३ असार २०–२१ (काठमाडौँमा)


१४. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?

 बेलायत


१५. कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनका कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?

 स्थिति शक्ति ९एयतभलतष्ब िभ्लभचनथ०

– (तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।)


१६. चाल शक्ति ९प्ष्लभतष्अ भ्लभचनथ० भन्नाले के बुझिन्छ ?

 वस्तुमा हुने चालका कारणले उत्पन्न हुने शक्ति अर्थात् चाल अवस्थामा रहेको वस्तुमा सञ्चित शक्ति

– (बन्दुकबाट निस्केको गोली, बगिरहेको पानी, गुडिरहेको मोटर, उडिरहेको चरा आदिमा चाल शक्ति

निहित हुन्छ ।)


१७. मानव न्यायशास्त्रका लेखक को हुन् ?

 जयस्थिति मल्ल


१८. जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?

 श्री ५ सुरेन्द्र (वि.सं. १९०५ मा)


१९. गंकी–धुस्वाँ–वसुन्धरा पुरस्कार २०७८ कसलाई प्रदान गरियो ?

 उपन्यासकार नीलम कार्की निहारिका

– त्यसैगरी यस वर्षको धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिंह डङ्गोललाई प्रदान गरिएको ।

– दुवै पुरस्कार ५०÷५० हजार रुपियाँ राशिको रहेको ।


२०. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश अफ्रिका हो भने तेस्रो ठूलो महादेश कुन हो ?

 उत्तर अमेरिका


२१. चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्मको केबुलकार कति किलोमिटर दूरीमा सञ्चालित छ ?

 २.८ किलोमिटर


२२. विश्वकै अग्लो र लामो स्काइ साइक्लिङ सेवा कहाँ सुरु भएको छ ?

 कुस्मा, पर्वत (वि.सं. २०७८ पुस १३)

– कालीगण्डकीनदीमाथिको भीरमा उक्त सेवा सञ्चालनमा आएको ।

– २२८ मिटर उचाइमा रहेको साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटर रहेको ।

– विश्वकै दोस्रो अग्लो बञ्जी सञ्चालन गरिरहेको द क्लिफले सो सेवा सञ्चालनमा ल्याएको ।


२३. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

 बुचो


२४. देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?

 वि.सं. २०७१ चैत ८ (सरकारले २०७१ असोज ३० गते विभाग स्थापना गर्ने निर्णय गरेको ।)


२५. सम्राट् अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?

 डा. फुहरर


२६. महर्षि वाल्मीकिद्वारा रचित रामायणमा कति काण्ड छन् ?

 सात


२७. नेपालका चारधाम भनी कुन–कुन धार्मिक क्षेत्रलाई बुझिन्छ ?

 बराह क्षेत्र, मुक्ति क्षेत्र, हरिहर क्षेत्र र रुरु क्षेत्र ।


२८. कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

 साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेल

– सरुभक्तलाई २०७७ साल र खकुरेललाई २०७८ सालको पुरस्कारबाट सम्मान गरिएको ।

– कोरोनाका कारण गत वर्ष पौड्यालको जन्मजयन्ती नमनाएका कारण गत वर्षसँगै यस वर्षको पुरस्कार एकै पटक प्रदान गरिएको ।

– पुरस्कारको राशि ५०/५० हजार रुपियाँ रहेको ।


२९. महाभारतको युद्ध भएको ठाउँलाई के भनिन्छ ?

 कुरु क्षेत्र

Post a Comment (0)
Previous Post Next Post