फाल्गुन ४, २०७८

 

 १. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ?

 वि.सं. २०७८ माघ २४
– वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।
– बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।
– वि.सं. २०७८ माघ २५ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सो जानकारी दिइएको ।

२. निजामती सूचना केन्द्र कहाँ निर्माण गर्न थालिएको छ ?
 निजामती किताबखाना (काठमाडौँ)
– सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।
– सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्म सबै विवरण सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सकिने ।
– अहिले कर्मचारीको नियुक्तिपत्र, नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायत (नियुक्तिदेखि अवकाशसम्मको अभिलेखीकरणका) दस्तावेजलाई डिजिटलाइजेसन कार्य भइरहेको । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि कर्मचारीको विस्तृत विवरण कम्प्युटरमा निश्चित कोर्ड नम्बर हानेपछि प्राप्त गर्न सकिने ।
– अहिले सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा ८७ हजार दरबन्दीमा मात्र कर्मचारी रहेको र बाँकी दरबन्दी रिक्त रहेको ।
– वि.सं. १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो ।

३. स्वर साम्राज्ञी लता मङ्गेशकरको निधन कहिले भएको हो ?
 सन् २०२२ फेब्रुअरी १
– गायन क्षेत्रमा प्रख्यात भारतीय कलाकार लता मङ्गेशकरले तीन दर्जन भाषामा झन्डै ५० हजार गीत रेकर्ड गराउनुभएको । यसमा नेपाली भाषाका गीत पनि पर्छन् ।
– सन् १९८४ मा वल्र्ड रेकर्डमा ३० हजारभन्दा बढी गीत गाउनुभएकी गायिकाका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लता मङ्गेशकरको नाम लेखिएको थियो ।
– भारतका प्रसिद्ध सङ्गीतकार पण्डित दीनानाथ मङ्गेशकरका पाँच सन्तानमध्ये पहिलो सन्तान हुनुहुन्थ्यो– आवाजका जादुगर लता मङ्गेशकर । उहाँको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दोरमा भएको थियो ।
– आशा भोसले, उषा मङ्गेशकर, मीना मङ्गेशकर एवं हृदयनाथ मङ्गेशकर उहाँका भाइबहिनीहरू साङ्गीतिक क्षेत्रमै संलग्न हुनुभएको ।
– थुप्रै पुरस्कार र सम्मानबाट सम्मानित लताले सन् १९८९ मा सर्वोच्च सम्मान दादा साहेब फाल्के अवार्ड पाउनुभएको । यस्तै भारतको सर्वोच्च राष्ट्रिय सम्मान ‘भारत रत्न’बाट पनि सुशोभित हुनुभएको ।
– ‘जिन्दगी प्यारका गीत है, दिदी तेरा देवर दिवाना, तुझे देखा तो ये जाना समन’जस्ता लोकप्रिय गीत उहाँले गाउनुभएको ।

४. सरकारले प्रतिस्थापन बजेट ल्याएको पाँच महिनापश्चात् बजेटको आकार घटाई कति कायम गरेको छ ?
 रु. १५ खर्ब ४६ अर्ब २८ करोड
– आ.व. २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन सार्वजनिक गर्दै ८६ अर्ब ५५ करोड रुपियाँले बजेट घटाएको जनाइएको ।
– यसअघि अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा प्रतिस्थापन बजेट प्रस्तुत गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपियाँको खर्च अनुमान सार्वजनिक गरिएको थियो ।
– संशोधित बजेटअनुसार चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपियाँ बजेट खर्च हुने अनुमान गरिएको ।
– त्यस्तै पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च हने अनुमान गरिएको ।
– वित्तीयतर्फ पनि १९ अर्ब घटाउँदै एक खर्ब ७० अर्ब ४९ करोड रुपियाँ खर्च हुने संशोधित अनुमान रहेको ।
– बजेट खर्चका लागि सरकारले राजस्व र आन्तरिक ऋण गरेर १२ खर्ब ८९ अर्ब ८२ करोड र वैदेशिक अनुदानतर्फ ५० अर्ब तथा वैदेशिक ऋणतर्फ दुई खर्ब छ अर्ब ४६ करोड रुपियाँ स्रोत जुटाउने संशोधित अनुमान गरेको ।
– आर्थिक वृद्धिदर र राजस्वको लक्ष्य यथावत् नै रहेको ।

५. हाल विश्वकै सबैभन्दा अग्ली महिलाको रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?
 रुमेस्या गेल्गी (टर्की)
– २४ वर्षीया गेल्गीको उचाइ ७.०७ फिट रहेको ।
– उनी अहिलेसम्मकै विश्वको सबैभन्दा अग्ली जीवित महिला भएको बताइएको ।
– यसअघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अग्ली याओ देफेनको नाममा रहेको । उनको ४० वर्षको उमेरमा निधन भएको ।

६. रामेछाप र ओखलढुङ्गाको सीमामा बग्ने लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
 ५२.४ मे.वा. (२०७८ मङ्सिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको ।)
– रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजी र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको बीचमा बग्ने लिखु नदीको पानीलाई विमिरे भन्ने स्थानमा बाँध बनाई ४.२४ कि.मि. लामो भूमिगत सुरुङमार्फत खिजिदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालिएको ।
– उत्पादन गृहमा दुईवटा टर्वाइनबाट बिजुली उत्पादन गरिएको ।
– उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत रामेछाप जिल्लाको मन्थली न.पा.–६, खिम्तीमा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको ।

७. प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवाबाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदन सम्बन्धमा के व्यवस्था रहेको छ ?
 पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

८. नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजनाअनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?
 १५ वर्ष

९. प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव गर्नेसम्बन्धी सूचना कहिले दर्ता गरियो ?
 वि.सं. २०७८ फागुन १
– सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदद्वारा सूचना दर्ता गरिएको ।
– विभिन्न २१ आरोप लगाई दर्ता गरिएको सूचनामा प्रस्तावकसहित ९८ सांसदको हस्ताक्षर रहेको ।
– महाभियोग सूचना दर्ताका लागि प्रतिनिधि सभाको एक चौथाइ सदस्य भए पुग्ने संवैधानिक व्यवस्था रहेको ।
– महाभियोग सूचना दर्तासँगै प्रधानन्यायाधीश जबरा स्वतः
निलम्बनमा पर्नुभएको ।
– महाभियोग सूचना दर्तापछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउनुभएको ।
– यसअघि पनि नेपाली काँग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धन रहेका बेला तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ता भएको थियो तर राजनीतिक विवादका कारण पछि फिर्ता लिइएको थियो ।

१०. नेपालको कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?
 अमादब्लम


११. साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?
 घटराज भट्टराई

२. परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई केको प्रतीक मानिन्छ ?
 न्याय (ढुकुरलाई प्रेमको प्रतीक मानिने)

१३. नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट कुन हो ?
 सानो स्याट–१
– यो स्याटेलाइटलाई वि.सं. २०७८ पौष २९ (सन् २०२२ जनवरी १३)मा स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत (अमेरिकाको केप क्यार्निभल फ्लोरिडा स्पेस सेन्टरबाट) प्रक्षेपण गरिएको ।
– यो स्याटेलाइटलाई भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको ।

१४. मेचे जातिको मुख्य बसोवास रहेको जिल्ला कुन हो ?
 झापा
– (सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी भनिन्छ ।)

१५. प्रशासन क्षेत्रको अध्ययन र अनुसन्धान गरी सरकारलाई सल्लाह सुझाव दिने प्रयोजनका लागि सरकारले कुन कार्य अघि बढाउने निर्णय (२०७८ माघ) गरेको छ ?
 प्रशासनविज्ञको नाम सूचीकृत गर्ने
– यसमा सार्वजनिक निकायबाट सह–सचिवस्तरको सेवाबाट अवकाश भएका व्यक्तिले नाम सूचीकृत गराउन सक्ने ।
– त्यस्तै विश्वविद्यालयका जनप्रशासन, नीति व्यवस्थापन विषयमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरी सार्वजनिक प्रशासनका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थामा अनुसन्धानकर्ताका रूपमा न्यूनतम सात वर्ष काम गरी प्रशासनसम्बन्धी पुस्तक प्रकाशन तथा अनुसन्धानमूलक लेख प्रकाशन गरेका व्यक्तिलाई प्रशासनविज्ञका रूपमा लिन सकिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको ।

१६. देशको पहिलो विद्युत् चुहावटमुक्त घोषित नगरपालिका कुन हो ?
 कन्काई नगरपालिका, झापा

१७. दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपीको स्थापना कहिले भएको हो ?
 वि.सं. २०७७ वैशाख ३१

१८. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
 वि.संं. २०७१ पौष ४

१९. संयुक्त राष्ट्रसङ्घको महासभाका पहिलो अध्यक्ष को हुन् ?
 बेल्जियमका पाउल हेनरी स्पार्क
– (यूएनओ महासभाको पहिलो महिला अध्यक्ष भारतकी विजयालक्ष्मी पण्डित हुन् ।)

२०. फाइनान्सियल एक्सन टाक्स फोर्स (FATF)को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरव मुलुक कुन हो ?
 साउदी अरव

२१. ‘हाइवे अफ स्पेसियल प्रोग्राम’ केसँग सम्बन्धित छ ?
 One Village One Product (OVOP)

२२. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?
 वि.सं. २०२२
– नेपालमा प्रथम औद्योगिक गणना वि.सं. २०२२ मा गरिएको ।
– औद्योगिक गणना प्रत्येक पाँच–पाँच वर्षमा गरिने ।

२३. नेपालको कुन ठाउँमा सुनौला रङको कछुवा फेला परेको हो ?
 जनकपुर
– (सन् २०१८ अप्रिल १४ का दिन जनकपुरमा यो कछुवा पहिलो पटक देखिएको थियो । विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष लागेको । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलो पटक अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा २१ अगस्त २०२० मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको ।)

२४. अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?
 थारू
– महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको ।
– पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा) का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्र कोर्ने परम्परा रहेको ।
– पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ । नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली)का रूपमा दिने चलन छ ।

२५. नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
 धारा १८ (४)

Post a Comment (0)
Previous Post Next Post